सोमबार, ०८ पुस २०८१

मुकेश अम्बानीको छोराको विवाहबारे के भन्छिन् अनन्या ?


मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको केही दिन अघि भव्य रुपमा विवाह सम्पन्न भयो । जसमा बलिउडका चर्चित कलाकारहरुको पनि उपस्थिति रहेको थियो । अम्बानीको बिहेमा चर्चित सेलिब्रेटीहरुलाई पैसा तिरेर बोलाएको हल्ला छ । बलिउड अभिनेत्री अनन्या पाण्डेले भने पैसा तिरेको कुुरालाई अतिरञ्जित भनेकी छिन् ।

अनन्या पाण्डेले हालै दिएको एक अन्तर्वार्तामा बलिउड स्टारहरूले अम्बानी परिवारमा नाचेबापत पारिश्रमिक लिएको कुरा हल्ला मात्रै भएको बताइन् । उनी पनि विवाहमा सहभागी थिइन् । अनन्त र राधिका आफ्नो साथी भएको बताउदै साथीको विवाहमा मस्तले नाँचेको बताइन् । 

अनन्या पछिल्लो पटक अमेजन प्राइम भिडियोको सिरिज ‘कल मी बे’ मा देखिएकी थिइन् । सिरिजमा अनन्यासँगै वीर दास, गुरफतेह पिरजादा, वरुण सुद, विहान सामत, मुस्कान जाफरी, निहारिका लिरा दत्त, लिसा मिश्रा र मिनी माथुर पनि थिए । उनको अर्को फिल्म विक्रमादित्य मोटवानी निर्देशित थ्रिलर फिल्म ‘सिटिआरएल’ हो । उक्त फिल्म अक्टोबरमा नेटफ्लिक्समा प्रिमियर हुनेछ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ