- भदौ ०२, २०८१
काठमाडौं, २ असोज । असोज २४ गतेबाट प्रदर्शन हुने फिल्म ‘ज्वाइँ साब’मा मुख्य भुमिका निर्वाह गरेका जितु नेपाल र नीति शाह अहिले दर्शकका लागि चासोको विषय बनेका छन् ।
अभिनयमा झण्डै दुई दशक बिताइसकेका जितु र फिल्मवृत्तमा नयाँ अनुहारका रुपमा उदाएकी नीतिको क्यामेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्वीकारिसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले राम्रो छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।
फिल्म निर्माण टिमले प्रचारप्रसार सामाग्रीमा जितु र नीतिलाई बेहुला बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिएकी छिन् । यो पोस्टरले पनि फिल्मको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता फिल्मकर्मीसँगै दर्शकमा व्याप्त छ ।
फिल्मका निर्देशक वसन्त निरौला नेपाली फिल्ममा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने बताउँछन् । ‘पोस्टर, टिजर र गीत रिलिजपछि फिल्मले राम्रो हाइप लिएको उनको भनाई छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।
टिप्पणीहरू: