- भदौ ०२, २०८१
मुम्बई । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी कंगना रनौतले सलमान खानका दुई ब्लकबस्टर प्रोजेक्ट ‘बजरंगी भाइजान’ र ‘सुल्तान’ अस्वीकार गरेको बताएकी छिन् ।
सिद्धार्थ कन्ननसँग कुरा गर्दै कंगनाले ‘बजरंगी भाइजान’ र ‘सुल्तान’ दुवै फिल्म आफुले अस्वीकार गरेको बताइन् । ‘सलमान खानले मलाई ‘बजरंगी भाइजान’ मा नायिकाका लागि प्रस्ताव गरेका थिए । सुल्तानका लागि पनि फोन गरेका थिए तर, मैले चासो दिइन ।’ कंगनाले भनिन् ।
‘बजरंगी भाईजान’ करीना कपूर खानले अभिनय गरेकी थिइन् भने ‘सुल्तान’ मा अनुष्का शर्मा नायिकाको भूमिकामा थिइन् । यद्यपि सलमान र आफ्नो सम्बन्ध राम्रो रहेको कंगनाको भनाई छ ।
सलमानको तारिफ गर्दै कंगनाले भन्छिन्, ‘सलमान धेरै दयालु छन्, उनी मसँग कुरा गरिरहन्छन् ।’
कंगनाले सलमानका फिल्म अस्वीकार गर्नुका साथै रणबीर कपुरले उनलाई ‘सञ्जु’ मा काम गर्न अनुरोध गरेको तर आफुले काम नगरेको बताएकी छन् । उनले अक्षय कुमारले आफूलाई ‘सिंह इज ब्लिङ’को हिस्सा बन्न भनेकी थिइन् ।
कंगना रनौतले ‘इमर्जेन्सी’ मा काम गरेकी छिन् उक्त फिल्ममा उनी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । आउदो सेप्टेम्बर ६ मा फिल्म रिलिज हुने बताइएको छ ।
टिप्पणीहरू: