- भदौ ०२, २०८१
हेमा कमिटिको रिपोर्ट सार्वजनिक भए लगत्तै भारतको मलयालम फिल्म उद्योगमा यौत उत्पिडनका थप घटना बाहिरिन थालेको छ । एसोसिएसन अफ मलायालम मुभि आर्टिष्ट आम्माका केही सदस्यमाथी यौन शोषणको आरोप लागेको बेला संघमा महासचिव सिद्दिकी बिरुद्ध एक नायिकाले बलात्कार आरोपमा प्रहरीमा मुद्दा दर्ता गराएकी छिन् ।
केरल प्रहरीले तिरुवनंतपुरम शहरमा सिद्दिकीको बिरुद्ध एक युवतिले उजुरी गरेको उल्लेख गरेको छ । नायिकाको उजुरीमा उल्लेख भए अनुसार सिद्दिकीले सन २०१६ मा एक होटलमा नायिकालाई बलात्कार गरेका थिए ।
टिप्पणीहरू: