सोमबार, ०८ पुस २०८१

स्वरा भन्छिन् ‘फिल्म उद्योगमा सामन्ती छन्’


मुम्बई । बलिउड नायिका स्वरा भास्करले मलयालम फिल्म उद्योगमा यौन उत्पीडनको पर्दाफास गर्ने हेमा समितिको निष्कर्षको प्रसंसा गर्दै फिल्म उद्योगमो सामन्तीहरुकै रजगज रहेको बताएकी छिन् ।

फिल्म उद्योगमा पितृसत्तात्मक मान्यता र आर्थिक दबाबले महिलाहरूलाई अक्सर चुप लगाउने गरेको प्रसंग उल्लेख गर्दै बलात्कारका घटना सार्वजनिक गर्ने महिलाको प्रससा गरेकी छिन् ।

‘हाम्रो समाजमा शक्तिशाली व्यक्तित्वहरूलाई प्रायः देवताजस्तै व्यवहार गरिन्छ, जसले गर्दा तिनीहरूको दुराचारलाई नियन्त्रणमा लिन सकिन्न ।’ उनले भनेकी छिन् । हेमा समितिको प्रतिवेदन सार्वजनिक भएपछि मेगास्टार मोहनलालले एसोसिएसन अफ मलयालम मुभि आर्टिस्ट्स (एएमए) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ