- भदौ ०२, २०८१
काठमाडाैं । थारुहरुकाे विषेश पर्व हाे माघी ।
माघी नजिकिँदै जाँदा थारु बस्तीमा विभिन्न परिकार बनाउनुकाे साथै नाँच गान गर्न परम्परा छ ।
माघीमा प्रयाेग हुने ढिक्री थारुहरुकाे विशेष परिकार हाे । विभिन्न जिल्लमा आयाेजना गरिएकाे महाेत्वहरुमा ढिक्री बनाएर खाने खुवाउने चलन छ ।
आइतबार आयोजना गरिएको 'गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारु सम्बत २६४९)' का सहभागीहरूलाई थारू परिकारको स्वाद चखाउन घोराही - १७ गुलरियाका थारू महिलाहरूले ढिक्री बनाउँदै गरका छन् । गुलरिया टोल विकास संस्थाको मुख्य आयोजनामा तथा सौरा बगालको सहआयोजनामा आइतबार दाङको घोराही उपमहानगरपालिका-१७ स्थित शहिद नेत्रलाल पार्कमा महोत्सवको आयोजना गरिको छ ।
त्यस्तै बाँकेको बैजनाथ गाउँपालिका-३ सुतैहिया गाउँमा माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा थारु समुदायले सांस्कृतिक नाच प्रस्तुत गरेका छन् । अन्य जिल्लाहरुमा समेत माघीकाे चहल पहल सुरु भएकाे छ ।



टिप्पणीहरू: