- असार ०६, २०८०
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरुलाई जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि पुराना दलका केही साथीहरूले जेन्जी आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको आराेप लगाए । 'उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’
जेन्जी आन्दोलनको इतिहास साबित गर्नलाई ३ करोड नेपाली जनताले जिताएर पठाएको बताए।
उनले थपे, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन। भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन।’
सुशासनको पक्षमा उभिएका युवालाई तत्कालिन सरकारले गोली हानेको बताए। उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले देशमा सुशासन स्थापित गर्नको लागि आफूलाई अगाडि सारेको बताए।
टिप्पणीहरू: