- भदौ ०२, २०८१
मुम्बई । अभिनेत्री इशा कोप्पिकरले करिअरको सुरुवात तेलुगु फिल्मबाट गरेकी थिइन् । हालै इशाले एउटा मिडियासँग कुराकानकीको क्रममा पहिलो फिल्ममा हिरोको १४ थप्पडा खानु परेको स्वीकारेकी छिन् ।
निर्देशकले इशाको अनुहारमा रिस नदेखेपछि एउटै सिन पटक पटक खिचे । इशा भन्छिन् ‘मरो अनुहारमा रिस नदेखिएपछि नागार्जुनले १४ थप्पड लगाए ।’ निर्देशकको आदेश अनुसार नागार्जुनले इशाको गालामा थप्पड मारेका थिए ।
उक्त फिल्ममा इशा मुख्य भुमिकामा थिइन् । निर्देशन कृष्ण वामसीले गरेका थिए । उक्त फिल्म मलायम फिल्म चन्द्रलेखाको रिमेक थियो । इशाले पछिल्लो पटक सन २०२४ मा साइन्स फिक्सन फिल्म ‘आयालान’ मा अभिनय गरेकी थिइन् ।
टिप्पणीहरू: