- असार ०६, २०८०
काठमाडौं । दहीमा नुन वा चिनी मिसाएर खान हुन्छ कि हुन्न भन्नेमा बहस जारी छ । दही नेपालीहरुका लागि सांस्कृतिक परिकार पनि हो । विभिन्न समुदायमा गरिने पूजा पाठमा दहीको परिकार अनिवार्य जस्तै हुन्छ । हिन्दुहरुको पूजा आजामा त दही नभई हुँदै हुँदैन ।
यो प्रोबायोटिक गुणहरूको लागि परिचित छ । यसको स्वाद बढाउनको लागि विभिन्न चिज मिसाउने चलन छ । थोरैले नुन राखेर राख्छन् भने धेरैले चिनी राखेर ।
आहारविदहरुका अनुसार दहीमा चिनी मिसाउदा बढी क्यालोरी दिन्छ । तर, नुन राख्दा क्यालोरी बढ्दैन ।
चिनीले नुनको तुलनामा कार्बोहाइड्रेट बढाउँछ, । दहीमा प्रोटीन, क्याल्सियम, र लाभकारी पेट ब्याक्टेरिया (प्रोबायोटिक्स) हुन्छ । यद्यपि, मधुमेह वा मोटा व्यक्तिहरुका लागि नुन राखेको दही लाभकारी हुन्छ । नुन राखेको दहीले पाचनमा सघाउछ पनि ।
अर्कोतर्फ चिनीको अत्यधिक सेवनले पेटको माइक्रोबायोम सन्तुलनमा बाधा पु¥याउन सक्छ, सम्भावित रूपमा दहीमा प्रोबायोटिक्सका फाइदाहरूलाई कम गर्न सक्छ ।
टिप्पणीहरू: