दमौली (तनहुँ), ३० असार । तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको हो ।
साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेका छन् । घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पु-याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
यस्तै भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर ४० वर्षीय निमबहादुर मस्राङ्गीको मृत्यु भएको छ । शनिबार नुहाउने क्रममा बगाएका उनको शव आज भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू: