सोमबार, ०८ पुस २०८१

यी पाँच काम गर्नुस्, सम्बन्ध कहिल्यै बिग्रदैन



काठमाडौं । सम्बन्ध बनाउन वर्षौ लाग्न सक्छ तर, टुटाउन एकैछिन काफी छ । अझ भनौै, कसैको सम्बन्ध टुटाउनका लागि ठूला घटना घटिरहन पर्दैन । सानै घटना काफी हुन्छ ।

विवाहित दम्पत्तीका लागि जीबन खुसी बनाउनका लागि एक अर्कामा विश्वास हुन जरुरी छ । श्रीमान श्रीमतीविच बेला बेलामा नोक झोँक चल्छ पनि । यस्ता घटनालाई सामान्य मान्नु पर्छ । यस्तै घटनाले पनि सम्बन्ध मजबुत बनाउन भुमिका खेल्छ । तर, केही घटना यस्ता हुन्छ जसले समुधुर सम्बन्ध पनि टुटाइदिन्छ । यहाँ केही यस्ता कारण प्रस्तुत गरिएको छ ।

१ झगडा मिलाउन साथी नल्याउनु

यदि श्रीमान श्रीमतीविच झगडा पर्छ भने झगडा मिलाउन पनि आफैं अग्रसर हुनुपर्छ । पटक–पटक झगडा प¥यौ भन्दैमा झगडा मिलाउनका लागि दोस्रो व्यक्तिको प्रवेश नगराउनु । अन्तिममा त्यहि झगडा मिलाउने व्यक्ति सम्बन्ध टुटाउने कारण बन्न सक्छ ।

२ भावनात्मक रुपमा जोडिनुपर्छ

कुनै पनि सम्बन्ध मजबुत बनाउना लागि भावनात्मक रुपमा जोडिन जरुरी हुन्छ । कतिपय दम्पत्ति भावनात्मक रुपमा जोडिएका हुँदैनन् । जसको कारण उनीहरुले एक्लोपनको महसुस् गर्छन् ।

३ एक अर्कालाई हल्का नसोच्नु

कतिपय दम्पत्तिले सोच्छन् । एक अर्काले भनेका हरेक कुरा मान्न जरुरी छैन । यो गल्ती नगर्नुस् । पार्टनरले भनेका कुरालाई गम्भिरता पूर्वक लिनुस् र सकेसम्म पुरा गर्ने प्रयाश गर्नुस् ।

४ संवाद निरन्तर

रमाइलो जीन्दगीका लागि दम्पत्तिविचको संवाद सबै भन्दा महत्वपूर्ण हो । पार्टरको कुरा सुन्दै आफ्नो पनि भन्दा जीवन थप रोमाञ्चित हुन्छ ।

५ आर्थिक समस्या

आर्थिक समस्याको कारण पनि कहिले काँही समम्बन्ध खराब हुन सक्छ । कुनै पनि खालमा समस्या पर्दा दुबै जना मिलेर हल गर्ने प्रयाश गर्नु पर्छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ