सोमबार, ०८ पुस २०८१

खुट्टाको औंला हिलोले खाएको छ, यसरी गर्नुस उपचार


काठमाडौं, ३ भदौ । वर्षायाममा शरिमा विभिन्न संक्रमण हुनसक्छ । गाउँघरमा खेतीपाती गर्नेहरुको खुट्टाको औंलाको कापमा संक्रमण हुन्छ । गाउँघरमा यसरी हुने संक्रमणलाई हिलोले खाएको भनिन्छ ।

फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो हुँदा पनि यस्तो समस्या देखिन सक्छ । खुट्टाको औंलाको कापमा हुने संक्रमणले चिलाउने, सुन्निने हुन्छ र घाउ पनि हुन सक्छ ।

खुट्टाको औंलाको कापमा हुने फंगल इन्फेक्सनबाट बच्न घरेलु औषधी प्रयोग गर्न सकिन्छ । 

यसका लागि तातो पानीमा नुन र बेसार घोलेर नियमित रुपमा खुट्टा डुबाउने गरेपछि निको हुन्छ । लसुनको पेस्ट पनि प्रयोग गर्न सकिन्छ । लसुनमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमण हटाउन मद्दत गर्छ । लसुनको दुई केस्राको पेस्ट बनाउने त्यसमा केहि थोपा ओलिभ आयल मिसाउने र संक्रमण भएको ठाउँमा लगाउनुपर्छ । करिब आधा घण्टापछि त्यसलाई एन्टि फंगल साबुनले धुनुपर्छ । यो प्रक्रिया केहि दिनसम्म जारी राख्नुपर्छ ।


घिउकुमारीको प्रयोग पनि लाभदायक हुनसक्छ । संक्रमण भएको स्थानमा घिउकुमारीको जेल लगाउने र मसाज गर्ने गर्दा पनि हुन्छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ