- असार ०६, २०८०
काठमाडौं । श्रीमान श्रीमाति होस् या प्रेमी प्रेमिका सम्वन्ध विश्वासमा टिक्छ । यो सम्बन्ध जति सुमधुर हुन्छ त्यतिकै नाजुक पनि । किनकी सम्बन्ध खराब हुनका लागि खास कारण चाँहिदैन । एक अर्काप्रतिको सामान्य शंकाले पनि सम्बन्ध खराब हुन सक्छ ।
भनिन्छ पछिल्लो समय सम्बन्ध खराब हुनुको एउटा मुख्य कारण बनेको छ मोबाइल फोन । जब पार्टनर मध्ये एकले अर्काको फोन चेक गर्छन् । सम्बन्धलाई खराब बनाउन त्यही मोबाइल काफी हुन्छ । प्रेमी प्रेमिका वा श्रीमान श्रीमतीविच मोबाइल चेक गर्नका लागि अनुमति लिइरहनु पर्दैन तर, नहेर्दा नै राम्रो हुने सुझाब दिन्छन् मनोचिकित्सक । भारतीय मनोचिकित्सक गुरलीन बरुवा भन्छन् ‘पार्टनरको मोबाइल फोन चेक गरेर सम्बन्धमा झन्झट नथप्नै ठिक हुन्छ । सम्बन्ध राम्रो हुँदा हुँदै पनि फोन चेक गर्न थालेपछि समस्याहरु बढ्दै जाने उनको भनाई छ ।
टिप्पणीहरू: