काठमाडौँ, ३१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । “एयर अरेबियाको उडानमार्फत सारजाहाबाट काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचका क्रममा गएराति पक्राउ गरिएको हो ।” उनले भने ।
घिण्डका साथबाट सिक्री एक थान, बाला दुई थान, मोबाइल चार थान र ल्यापटप चार थानसमेत बरामद् भएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।
टिप्पणीहरू: