बुधबार, ०३ वैशाख २०८२

तमन्ना भाटिया : जे गरे पनि हिट


तमन्ना भाटिया दक्षिण एवं उत्तर भारतकी चर्चित कलाकार मानिन्छिन् । ठूलो पर्दामा मात्रै होइन् सानो पर्दामा पनि उनको चर्चा उस्तै छ ।

तमन्ना अहिले प्रदर्शोन्मुख फिल्म ‘ओडेला–२’ का कारण चर्चामा छिन् । यस फिल्ममा उनले शिवभक्त बनेर आम सर्वसाधारणको सहयोगी बनेकी छिन् । प्रान्तिय मात्रै होइन हिन्दी फिल्ममा पनि उनको प्रभाव कमनोर छैन । बबली बाउन्सर, इन्टरटेनमेन्ट, हिम्मतवाला, वेदा उनले काम गरेका मध्ये चर्चित फिल्म हुन् ।

उनका केही टिभि सिरिज निकै चर्चित भए । ‘जी करदा’ बाट उनले काम सँगै नाम पनि कमाइन् । अरुणिमा शर्माको निर्देशन रहेको उक्त सिरिज सन २०२३ मा प्राइम भिडियोका लागि बनेको थियो । उनले सोही सिरिजबाट सर्वोत्कृष्ट नायिकाको अवार्ड समेत पाइन् ।

याे पनि

सेप्टेम्बरमा अभिषेक–ऐश्वर्याको सम्बन्ध बिच्छेद हुने

‘आखिरी सच’ बाट पनि सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी थिइन् । रब्बी ग्रेवालको निर्देशनमा बनेको उक्त सिरिजमा तमन्नाले प्रहरी अफिसरको भुमिका निर्वाह गरेकी थिइन् ।

नोभेम्बर स्टोरीलाई अहिलेसम्म तमिल भाषाको सर्वोत्कृष्ट सिरिज मानिन्छ । क्राइम थ्रिलर उक्त सिरिजको निर्देशन इन्दिरा सुब्रमण्यनले गरेकी थिइन् । उक्त सिरिज पनि ब्लकबस्टर घोषित भएको थियो । मास्टर शेफ तेलुगु भाषाको अर्को चर्चित सिरिज थियो । 

याे पनि

४२ वर्षीया शेफाली तस्विरकै कारण चर्चामा


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ