बुधबार, ०३ वैशाख २०८२

विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए ।

“थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।” उनले भने । भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ