- भदौ ०२, २०८१
मुम्बई । बलिउड नायिका तापसी पन्नु हिन्दी फिल्म उद्योगकी परिचित र विवादित नायिका हुन् । दक्षिण भारतीयदेखि हिन्दी फिल्ममा समेत अभिनय गरेको तापसी त्यस्ती नायिका हुन, जसको वैचारिक पन स्थापित छ । किनकी उनी चित्त नबुझेका कुरा फ्याट्टै भनिहाल्छिन् ।
सन २०१० मा तेलुगु फिल्मबाट आफ्नो करिअर सुरु गरेकी तापसीको अभिनयको विषेश चर्चा हुने गरेको छ ।
सन २०१३ मा बनेको चश्मे बद्दुरबाट उनी बलिउड प्रवेश गरेकी थिइन् । फिल्म व्यवसायिक रुपमा त्यति सफल भएन तर, उनले अभिनय गरेर व्यापक तारिफ पाइन् । पिंक, मुल्क, मनमर्जिया, साँड की आँख, मिसन मंगल,लगायतका फिल्ममा काम गरिन् । उनी सफल नायिका मात्रै होइन र सफल व्यवसायी पनि हुन् ।
सफ्टवेर इन्जिनियरिङकी विद्यार्थी तापसी कुनै बेला राम्रै जागिर खान्थिन् ।
काम गर्ने क्रममै उनले ‘गेट गर्जियस’ शोमा अडिसन दिएर पास भएपछि मोडलिङमा प्रवेश गरेकी थिइन् । उनको ‘आउटसाइडर फिल्मस’ कम्पनी छ । आफ्नी वहिनी सगुनसँग मिलेर ‘दी वेडिङ फ्याक्ट्री’ पनि चलाउछिन् । त्यसो त भारतीय ब्याडमिन्टन लीगमा पनि भाग लिन्छिन् । उनी टिम पुणे सेवेन एसेस कि मालिक पनि हुन् । उनी अहिले पनि एउटा फिल्म खेलेको कम्तिमा दुई करोड पारिश्रमिक लिन्छिन् । फाइनान्सियल एक्सप्रेस टाइम्सको रिपोर्ट अनुसार उनको कुल नेटवर्थ ६ मिलियन डलर (६० करोड नेपाली रुपैया) रहेको छ ।
टिप्पणीहरू: