शनिबार, १७ साउन २०८२

माधव नेपाल र झलनाथ खनालको ‘वाकयुद्ध’


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वाकयुद्ध सुरु भएको छ ।

नेता खनालले एमालेमा गरेको विद्रोह पुष्टि नभएको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपालले खनाललाई पार्टी छाड्न सुझाव दिएका छन् ।

नेता खनालले इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा दिने क्रममा भनेका थिए ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म । एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

उक्त अभिव्यक्तिको भिडियो क्लिप्स सार्वजनिक भएपछि अध्यक्ष नेपालले खनालाई पार्टी छाड्न सुझाब दिएका हुन् ।

शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले खनालले बोलेको साँचो भए पार्टीमा बस्ने ठाउँ नरहेको बताएका छन् । उनले झलनाथ खनालसँग अब राजीनामाको विकल्प बाँकी रहेको प्रतिक्रिया दिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ