- भदौ ०२, २०८१
दक्षिण भारतीय नायिका चाहत खन्नाले दक्षिण भारतीय फिल्ममा काम गर्न महिला कलाकारलाई निकै गार्हो छ । उनको भनाई अनुसार सम्झौतापत्रमा कलाकार,निर्माता र निर्मातासँग कम्प्रमाइन गर्न पर्ने उल्लेख गरिएको हुन्छ ।
कास्टिङ काउचका बारेमा कुरा गर्दै उनले भनेकी छिन् ‘सम्झौतामै उल्लेख भइसकेपछि यी कुराहरु खुल्लेआम हुन्छन् ।’ यस्ता विषयमा पहिला मौखिक सहमति हुने अनि सम्झौतामा उल्लेख गरिने उनको भनाई छ । बलिउडमा पनि यस्ता घटना हुने गरेको भन्दै उनले नयाँ कलाकारले सबै झेल्न पर्ने भन्दै आफुलाई चाँही कुनै समस्या नभएको दावी गरिन् ।
चाहत प्राय निजी जीवनका विषयले चर्चामा आउने गर्छिन् । दुई पटक विवाह गरेकी चाहत अहिले सिंगल छिन् । सम्बन्ध बिच्छेदपछि काम पाउन गा¥हो हुने उनको भनाई छ । ‘सम्बन्ध बिच्छेद गरेपछि प्राय मान्छे काम गराउन चाहदैनन् ।’ उनले भनिन् ।
टिप्पणीहरू: