- असार ०७, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी सहप्रवक्ता प्रतीभा रावल र कानुन व्यवसायी नारायण कँडेल सर्वोच्च पुगेर रिट दर्ता गराएका हुन् ।
निवेदनमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासकाे आदेश बदर गर्न माग गरिएकाे छ । उक्त रिटकाे पेशी आइतबारका लागि तोकिएको छ ।
यही चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे थियाे ।
अदालत आदेशसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले लामिछानेलाई २२ गते राति नै नियन्त्रणमा लिएको थियाे । उनलाई २३ गते बुटवल पुर्याइएको थियो भने २५ गते कारागार चलान भएका थिए ।
टिप्पणीहरू: