- भदौ ०४, २०८१
गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको ११ औं महाधिवेशनले आइसिसी सदस्यसहित १४ सदस्यीय कार्य समिती सर्वसम्मत रुपले निर्वाचित गरेको छ ।
आइतवार २७ जुलाईमा भएको निर्वाचनले दिलिप गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपले सन २०२५-२०२७ का लागि कार्यसमिती चुनेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, उपाध्यक्ष सरोज अधिकारी, महिला उपाध्यक्ष विष्णु कुमारी तिमल्सिना, महासचिव राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष समिक्षा थापा निर्वाचित भएका छन ।
त्यसैगरी सह-कोषाध्यक्ष श्रवण कुमार मैनाली, सचिव जित कुमार विश्वकर्मा, महिला प्रतिनिधि किरण चालिसे छन । सदस्यहरुमा विष्णुहरी दवाडी, दीपेन्द्र लामा, शान्ती गुरुङ र सुनिला लामा छन ।
अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) सदस्यमा शिवराम भण्डारी निर्वाचित भएका छन् ।
सन २०२५-२०२७ कार्यकालका लागि पदाधिकारीको निर्वाचन सम्पन्न गर्न एक स्वतन्त्र निर्वाचन समिती र अर्को निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिति गठन गरिएको थियो ।
१३ सदस्यीय कार्यकारी समिती र आइसिसी सदस्यको एक पदकालागि आव्हान गरिएको उम्मेदवारीमा तोकिएका पदमा कसैको पनि दाबी बिरोध नपरेपछी निर्वाचन समितिले सर्वसम्मत कार्यकारी समिती घोषणा गरेको थियो ।
निर्वाचन प्रकृयाको अनुगमन गर्न खटिएको समितिले निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न भएको घोषणा गरेको थियो ।
निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगबाट पुरा गर्न एनआरएनए फ्रान्सले ददि सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन गरेको थियो जसमा सदस्य सचिव ओम गौचन र सदस्यहरुमा जिता कटुवाल, नन्द थेबे र आभाष आचार्य थिए ।
ददि सापकोटा लेखक र पत्रकार हुन भने ओम गौचन म्याग्दी समाज फ्रान्स (मोना फ्रान्स) का अध्यक्ष, जिता कटुवाल नेपाली एकता समाज फ्रान्सकी अध्यक्ष, आभाष आचार्य ईनास फ्रान्सका अध्यक्ष र नन्द थेबे नेपाली सांस्कृतिक गृह, फ्रान्सका अध्यक्ष हुन ।
त्यसैगरी एनआरएनए फ्रान्सले निर्वाचन निस्पक्ष र स्वतन्त्र ढंगले पुरा गर्न एनआरएनए फ्रान्सकी संस्थापक सदस्य अनुराधा पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिती पनि गठन गरेको थियो । यस समितिका अन्य सदस्यमा हरी प्रसाद सापकोटा र गोर्खाली समाज, फ्रान्सका अध्यक्ष संजिव देवकोटा थिए ।
टिप्पणीहरू: