सोमबार, ०८ पुस २०८१

भोजपुरकी मुनाको अमेरिकामा हत्या


काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा गोली हानेर एक नेपाली छात्राको हत्या गरिएको छ। 

भोजपुर घर भएकी  २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर हत्या गरिएको हो ।

घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी थिइन् । 

उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्दिै थिइन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ