बुधबार, १४ साउन २०८२

प्रधानमन्त्री ओलीको स्वागतमा हिँडेका दुई मन्त्रीको गाडी एकआपसमा ठोक्किए


काठमाडौं। सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीकाे गाडी एकआपसमा ठोक्किएका छन्।

मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा दुई जना मन्त्रीकाे गाडी एकआपसमा ठोक्किएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालकाे बा.२ झ १४१९ र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की चढ्ने से.१ झ ३३० नम्बरको गाडी दुर्घटना भएकाे हाे।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। प्रधानमन्त्री ओलीकै स्वागतका लागि चिसापानी जाने क्रममा दुई मन्त्रीको एकआपसमा ठोक्किएकाे बताइएकाे छ।

प्रहरीका अनुसार गाडीमा सवार रहेका सबै जनाको अवस्था सामान्य रहेकाे छ।

ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा र से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ