सोमबार, ०८ पुस २०८१

साउदीमा गैरकानुनी बसाेबास गर्ने नेपाली पक्राउ


साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीसहित अन्य विदेश श्रमिकलाइ पक्राउ गर्न थालेकाे छ । गृह मन्त्रालयले ८ देखि १४ अगस्टसम्म साउदी अरेबियाभरि बसोबास, श्रम र सीमा सुरक्षा कानुनको पालना नगर्ने १९ हजार ९ सय ८९ आप्रवासी श्रमिक पक्राउ गरेको हाे ।

जसमा रेसिडेन्सी कानुन उल्लंघन गर्ने ४ हजार ५ सय १९ सीमा सुरक्षा र २ हजार ८ सय ६२ श्रम कानुन उल्लंघन गरी १९ हजार ९ सय ८९ उलंघनका मुद्दा दर्ता भएको छ । रेसिडेन्सी नियमको उल्लंघन, सीमा सुरक्षा उल्लंघन र श्रम कानुन अपराधलगायत विभिन्न उल्लंघनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न अभियानलाई तीव्र पारिएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

राज्यमा ९ सय १३ व्यक्तिको अवैध प्रवेशलाई सुरक्षाकर्मीले रोकेको मन्त्रालयले जनाएको छ । यसबाहेक, अवैध रूपमा राज्य छोड्न खोज्ने ३४ जनालाई पक्राउ गरिएको जनाइएको छ भने उल्लंघन गर्नेलाई ओसारपसार गर्ने, आश्रय दिने र काममा लगाउने काममा संलग्न रहेको आरोपमा नौ जनालाई सुरक्षा बलले पक्राउ गरेको जनाइएको छ । मन्त्रालयले गैरकानुनी सीमा नाकाबाट सहजीकरण गर्ने वा सहभागी गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

यी दण्डमा १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । देशका सुरक्षा बलहरूद्वारा गरिएको क्र््याकडाउनले राज्यका सबै क्षेत्रमा कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । उनीहरूले जनतालाई राज्यभरि तोकिएका आपत्कालीन सम्पर्कहरूमार्फत कुनै पनि संदिग्ध उल्लंघनको रिपोर्ट गर्न आग्रह गरेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ