- भदौ ०२, २०८१
स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको चार वर्ष बितिसक्दा पनि आम दर्शक न्यायको पर्खाइमा छन् । अभिनेताको मृत्युको मामिलामा नायिका रिया चक्रवर्तीले निकै कष्ट भोग्नु प-यो ।
अभिनेताको मृत्युपछि रिया जेल परिन् । जेल बसाईको असर करिअरमा प¥यो । अहिले रिया अगाडि बढ्न कोशिस गरिरहेकी छिन् । तर आज पनि उनलाई ट्रोल बनाउन खास कारण चाहिदैन ।
रिया जब ति दिनको सम्झना गर्छिन्, उनका आँखा रसाउछ । ‘मलाई नै मार्छन् जस्तो लागेको थियो, धन्न मारेनन् ।’ उनले भनिन् । केही दिन अघि यी नायिकाले आफ्ना खराब दिन सम्झँदै आफ्नो पीडा व्यक्त गरेकी छिन् । अभिनेत्रीले सुशान्त सिंह राजपुतको मृत्युपछि जेलमा भोगेको अनुभवका बारेमा खुलेर कुरा गरेकी छिन् र आफूलाई कस्तो महसुस भएको छ भन्ने कुरा बताइन् ।
हालैको एउटा अन्तर्वार्तामा आफू कसरी रातारात देशका जनताको शत्रु बनेँ, कसरी मिडियामा चर्को ट्रोल गरियो । ह्युमन अफ बम्बेसँग कुरा गर्दै रियाले भनिन् ‘मलाई याद छ ऐनामा हेरेर आफैलाई सोधेँ, के तिमी डराउँछौ ? उनले यो प्रश्न सोध्दा ऐनाले हो भनेजस्तो लाग्यो । अभिनेत्रीका अनुसार यसका बाबजुद पनि उनले आफूलाई नझुक्ने बताएकी छिन् ।
ती दिनको स्मरण गर्दै भन्छिन् ‘हरेक दिन मेरो घर मुनी मिडियाको भीड हुन्थ्यो । अनुसन्धानमा सघाउन जाँदा मलाई सा¥है डर लाग्थ्यो ‘बाटोमा केहि हुने हो कि ? मलाई मानिसहरूले मार्ने त होइनन् भन्ने लाग्थ्यो ।’ उनले भनिन् ।
रियाले जेलबाट बाहिर आएपछि जेल भित्र समाज नभएको कारण जेल फरक संसार भएको स्मरण गरिन् । ‘यहाँ बाँच्नको लागि हरेक दिन संघर्ष गर्नुपर्छ । जेलभित्रका हरेक दिन एक वर्षजस्तो लाग्थ्यो ।’ उनले जेल बसाईको संस्मरण गर्दै भनिन् ।
टिप्पणीहरू: