सोमबार, ०८ पुस २०८१

जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु


धनुषाधाम, २ भदौ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु  भएको छ । जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले एक समारोहबीच कार्यक्रमको उद्घाटन गरे।

 त्यस अवसरमा उनले मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउने सङ्ख्या न्यून रहेकाले यसलाई वृद्धि गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उहाँले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे । गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए । 

बीमा गराएका व्यक्तिले अस्पतालमा उपचार गराएमा ज्येष्ठ नागरिकले रु एक लाखसम्मको उपचार निःशुल्क र बाँकी बिरामीले उपचार वापतको २० प्रतिशत रकम मात्रै तिर्नुपर्ने प्रावधान रहेको निर्देशक डा सुवेदीले जानकारी दिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ