सोमबार, ०५ साउन २०८२

काजोल भन्छिन्–खेसारी मोबाइलमा युवतीको न्युड राख्छन्


विवाहित पुरुषसँग सम्बन्धमा रहेको भनेपछि थप चर्चामा आएकी भोजपुरी नायिका काजल राघवानीले भोजपुरी नायक खेसारी लाललाई युवतीको न्युड फोटो राखेको आरोप लगाएकी छिन् ।

एउटा समय यस्तो पनि थियो । काजल र खेसारीलालको जोडी खुब हिट थियो । उनीहरुले ३० भन्दा बढी फिल्ममा काम गरेका छन् । उनीहरुको केमिष्ट्रिको यति राम्रो चर्चा हुन्थ्यो । फिल्ममा रियल श्रीमान श्रीमती जस्तै देखिन्थे । काजलकै भनाई अनुसार उनीहरु पाँच वर्ष त रिलेशनमै बसेका थिए ।

गुजरातमा जन्मिएकी काजलले भोजपुरी र गुजराती फिल्ममा अभिनय गरेकी छिन् । केही युट्युब च्यानलसँग कुरा गर्दै काजलले भनेकी छिन् ‘खेसारीले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर म सँग विवाह गर्ने वाचा गरेका थिए ।’ तर, धोका दिए ।

काजलका अनुसार खेसारीको उनले निकै स्यहार सुसार गर्थिन् । हरेक दिनजसो जिउ मालिस गरिदिने काम गर्थिन् । किनकी उनीहरुको विवाह गर्ने योजना थियो । यहि सन्दर्भमा खेसारी लालले भने आफुहरुबीच कुनै प्रेम नभएको बताएका छन् ।

कुनै समय प्रेमी प्रेमिका भए पनि अहिले भने उनीहरु आरोप प्रत्यारोपमै उत्रिएका छन् । काजोलको भनाई अनुसार खेसारीले आफ्नो मोबाइलमा युवतिको न्युड तस्विर संकलन गरेर राखेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ