सोमबार, ०५ साउन २०८२

शेखर कोइराला समूहका सांसदहरू छलफलमा


काठमाडाैँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका सांसदहरू छलफलमा जुटेका छन्।

काठमाडौँको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आइतबार दिउँसो कोइराला समूहका सांसदहरूबीच छलफल चलिरहेकाे एक नेताले बताए।

बैठकमा आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल हुने बताइएकाे छ।

कोइरालाले पार्टी बाहिरका नेताहरूसँग छलफल तीव्र पारेका बेला आफूनिकटका सांसदलाई छलफलमा बाेलाएकान हुन्।

उनले शुक्रबार पूर्वराष्टपति विद्या भण्डारी र बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ