- असार ०६, २०८०
वैवाहिक जीवनमा, कहिले काँही यस्ता परिस्थितिहरूको सामना गर्नुपर्छ । जब इच्छा हुँदाहुँदै पनि जोडीहरूले परिस्थिति वा समयको अभावले घनिष्ठ क्षणहरूको आनन्द लिन सक्दैनन् ।
फलस्वरूप, उनीहरुबीचको दूरी बढ्न थाल्छ । त्यसकारण, परिस्थितिको बहाना बनाएर सेक्सलाई अस्वीकार गर्नुहुँदैन बरु परिस्थितिको बहाना बनाएर सेक्सलाई अझ रोचक बनाउन सकिन्छ
आफ्नो श्रीमान वा श्रीमति दोस्रो शहरमा हुँदा बच्चाहरूको सहभागिता र कहिलेकाँही श्रीमान वा श्रीमतीको रात्रि शिफ्टको जागिर हुँदा जोडीहरूको यौन जीवन बिग्रन सक्छ । यस्तो अवस्थामा पनि यौन जीवन बिग्रन नदिन यस्ता छन् टिब्स :
जब श्रीमान अर्कै शहरमा छन्
यदि श्रीमान अर्को शहर वा विदेशमा काम गर्छन् भने श्रीमान र श्रीमती बीचको शारीरिक दूरी बढ्छ । जसका कारण बिस्तारै उनीहरूको मनको दूरी पनि बढ्न थाल्छ । यस्तो अवस्थाका केही दिनको छुट्टि मिलाएर श्रीमान श्रीमती भेट्नु पर्छ ।
के गर्ने ?
यदि श्रीमान वा श्रीमती लामो छुट्टिपछि घर आउदैछन् भने यो खुशीमा उसको मनपर्ने खाना पक्कै बनाउनुपर्छ । पार्टनरको रोजाई कस्तो छ ख्याल गरेर कोठा सजाउनु पर्छ सयन कक्ष मात्रै होइन आफ्नो डे«सअप पनि पार्टनरलाई मन पर्ने खालको हुन जरुरी छ ।
श्रीमानको रात्रिकालीन काम हुँदा
रातको समय सेक्सको लागि सबैभन्दा उत्तम समय मानिन्छ । रातको समयमा कुनै शान्त हुनुको साथै समय पनि प्रसस्त हुन्छ । यदि श्रीमान वा श्रीमतीको जागिर रातको सिफ्टमा छ भने, रातको समयमा सेक्सको लागि समय निकाल्न सम्भव हुँदैन ।
तर यसको मतलब यो होइन अब दुवैले सेक्सलाई पूर्ण रूपमा अस्वीकार गर्नुपर्छ । रातमा समय मिलेन त के भो चौबीस घण्टामा केही समय सेक्सको लागि निकाल्न सकिन्छ र निकाल्नु पनि पर्छ । यसो गरेमा प्रेम जीवनसँगै, यौन जीवन पनि सुखद रहनेछ ।
के गर्ने ?
बिहानको सेक्सको आनन्द लिन सकिन्छ । विज्ञहरूका अनुसार बिहानको सेक्स स्वास्थ्यको दृष्टिकोणबाट धेरै फाइदाजनक छ । यसले पति–पत्नी दुवैलाई स्वस्थ राख्छ र दिनभर ताजा महसुस गराउछ ।
घरमा साना केटाकेटी हुँदा
बच्चाहरूले पति–पत्नीलाई एकअर्काको नजिक ल्याउँछन्, तर यो पनि सत्य हो कि बच्चाहरूको उपस्थितिले जोडीहरू बीचको यौन दूरी पनि बढाउँछ । जसका कारण दुवैको सेक्समा रुचि बिस्तारै घट्दै जान्छ र अन्ततः उनीहरू बीचको दूरी बढ्दै जान्छ ।
यस्तो अवस्थामा, सुखी वैवाहिक जीवनको लागि, अभिभावकको कर्तव्य पूरा गर्नुका साथै असल जीवनसाथी बन्ने कर्तव्य पनि पूरा गर्नुपर्छ ।
के गर्ने ?
यदि तपाईं संयुक्त परिवारमा बस्नुहुन्छ भने, कहिलेकाहीं बच्चाहरूलाई हजुरबा हजुरआमाको जिम्मा लगाउनुहोस् । रातको समय मात्र सेक्सको लागि उपयुक्त हुन्छ भन्ने विचार आफ्नो दिमागबाट हटाउनुहोस् र बच्चाहरूको अनुपस्थितिमा पनि तपाईं घनिष्ठ क्षणहरूको आनन्द लिन सक्नुहुन्छ ।
तिनीहरूलाई केही समय खेल्न बाहिर पठाउन सक्नु हुन्छ वा कहिलेकाहीँ साथीको घरमा पठाउ पनि सकिन्छ ।
जब तपाईं गर्भवती हुनुहुन्छ
धेरैजसो दम्पतीहरूमा गर्भावस्था र यौनसम्पर्कको बारेमा धेरै प्रश्नहरू हुन्छन्, जस्तैः गर्भावस्थामा यौनसम्पर्क गर्नु सही छ कि छैन, कहिले यौनसम्पर्क गर्नुपर्छ, कहिले यौनसम्पर्कबाट टाढा रहनुपर्छ जस्ता विषयमा बढी चासो राख्छन् । यस्तो अवस्थामा डाक्टरसँग परामर्श लिनु सबै भन्दा राम्रो मानिन्छ ।
के गर्ने ?
यस विषयमा डाक्टरसँग खुलेर कुरा गर्नुहोस् उनको सल्लाह पालना गर्नुहोस् । सामान्यतया, सामान्य अवस्थामा, डाक्टरहरूले यौनसम्पर्कबाट टाढा रहन सल्लाह दिँदैनन्, तर गम्भीर अवस्थामा, उनीहरू यौनसम्पर्कबाट दूरी कायम राख्न सल्लाह दिन्छन् ।
जब दुई मध्ये एक बिरामी हुन्छन्
केही रोगहरूले दम्पतीहरूको यौन जीवनलाई पनि असर गर्छ । यदि दुई जना मध्ये एकले कुनै रोगको लागि औषधि सेवन गरिरहेको छ भने, औषधिको प्रभावका कारण, उसले यौन गतिविधिमा रुचि गुमाउन थाल्छ र यौनसम्पर्कबाट टाढा रहन थाल्छ ।
जसका कारण जोडीको यौन जीवन बिस्तारै पूर्ण रूपमा समाप्त हुन सक्छ, यो दुवैको सम्बन्धको लागि राम्रो संकेत होइन ।
के गर्ने ?
यदि औषधिले तपाईंको यौन जीवनलाई असर गरिरहेको छ भने, तुरुन्तै आफ्नो डाक्टरसँग परामर्श लिनुहोस् ।
डक्टरले तपाईंको समस्या समाधान गर्न मद्दत गर्नेछन् । यद्यपि, केही जोडीहरू रोग फैलिने डरले पनि यौनसम्पर्कबाट टाढा रहन्छन् । जबकि सबै रोगहरू सरुवा हुँदैनन् ।
पहिलो रात
विवाह पछिको पहिलो रातको डर बेहुली मात्रै होइन बेहुलाको मनमा पनि हुन्छ । के हुने हो ? यो कसरी हुनेछ ? मनमा धेरै प्रश्नहरू उठ्छन् । जसका कारण केही जोडीहरूले आफ्नो पहिलो रात अन्योलमा बिताउँछन् ।
फलस्वरूप, यस्ता जोडीहरू पहिलो रातको यौनसम्पर्कको वास्तविक आनन्दबाट वञ्चित हुन्छन् । साथै, यदि पहिलो रातको अनुभव राम्रो भएन भने पछि सेक्समा उनीहरूको रुचि पनि घट्छ ।
के गर्ने ?
यौन सम्बन्धि तपाईंको मनमा भएको कुनै पनि डर हटाउनुहोस् । आफ्नो विवाहित साथी वा भाइ÷बहिनीसँग कुरा गर्नुहोस् । यदि तपाईंलाई असहज महसुस हुन्छ भने, आफ्नो पार्टनरसँग यस विषयमा खुलेर कुरा गर्नुहोस् । अनिच्छुक हुँदा हुँदै सेक्समा सहभागी नहुनुस् ।
टिप्पणीहरू: