- असार ०६, २०८०
हरेक महिला आफ्नो वैवाहिक जीवन उत्साहले भरिएको होस् भन्ने चाहन्छन् । उनीहरु यो पनि चाहन्छन् हरेक कुरामा श्रीमानले नै चासो राखोस् । सामान्य गल्तिले पनि कतिपय जोडीका यौनजीवन निरश हुने गरेका छन् । हेरौं उनीहरुले गर्ने कमजोरी के के रहेछ :
१ .इशाराले भए पनि भन्नु पर्छ
प्रायः महिलाहरू यौनलाई रसिक बनाउनु आफ्नो पार्टनरको काम हो भन्ने सोचेर खास पहल गर्दैनन् । उनीहरू सोच्छन्, श्रीमतीलाई के चाहिन्छ भन्नेमा श्रीमानलाई पहिल्यै थाहा हुनुपर्छ । तर यो सोच पूर्णतया गलत छ । नभनेसम्म कुनै पनि श्रीमानले थाहा पाउदैनन् श्रीमतीको चाहना के हो । कुनै पनि महिलाले जे चाहन्छन् खुलेर भन्नु पर्छ । सिधै भन्न आँट आउदैन वा लाज लाग्छ भने इशाराले भए पनि भन्नु पर्छ ।
२. आफ्नाे इच्छा बुझाउनु पर्छ
पुरुषहरू प्राय : सेक्समा हतार गर्छन्, जबकि महिलाहरू अझ धेरै समय रमाउन चाहन्छन् । पुरुषहरूले फोरप्लेमा धेरै समय खर्च गर्दैनन्, जबकि महिलाहरूले यसलाई आवश्यक ठान्छन् ।
यदि कसैको श्रीमानलाई यो कुरा थाहा छैन भने सेक्स गर्नुअघिको फोरप्ले तपाईंको लागि कति आनन्ददायी हुन्छ भनेर व्याख्या गर्नुपर्छ । फोरप्लेको समयमा केहि नयाँ प्रयास पनि गर्न जरुरी छ ।
एकपटक पुरुषले महिलाको आवश्यकता बुझेपछि पक्कै पनि तपाईंको महिलाको इच्छा पूरा गर्ने प्रयास गर्नेछ र यौन जीवन अझ रमाइलो हुनेछ ।
३. आफ्नो शरीरको बारे हीन भावना
महिलाहरू यो स्वीकार गर्दैनन्, तर यो सत्य हो प्रायः महिला आफ्नो शरीरको बारेमा हीन भावनाको जटिलताबाट ग्रस्त हुन्छन् र यौनसम्पर्कको क्रममा आफ्नो पार्टनरले शरीरका यी अंगहरू नदोखोस् भने सक्दो प्रयास गर्छन् ।
४ सेक्सलाई सधैं अस्वीकार गर्ने बानी
सेक्सको लागि पहल महिलाबाट पनि हुनुपर्छ । पुरुषले आग्रह गर्दा झर्को मान्ने ग¥र्यो भने यौनजीवन नीरश हुन्छ । हरेक साँझलाई विषेश बनाउनमा महिलाकै भुमिका विषेश हुन जरुरी छ ।
५. यौनसम्पर्क पछि आफ्नो पार्टनर प्रतिको व्यवहार
महिलाहरूले प्राय : यौनसम्पर्क पछि आफ्नो पार्टनर अर्ती उपदेश दिन्छन् ‘तिमीलाई लाज लाग्दैन, बच्चाहरू धेरै ठूला भइसकेका छन्, तर तिम्रो बानी परिवर्तन भएको छैन...’ जस्ता कुरा गर्छन् । तर यो सही होइन ।
यौन जीवनको एक महत्त्वपूर्ण अंश हो । स्वस्थ र आनन्ददायी जीवनको लागि यो महत्त्वपूर्ण छ भन्ने कुरा मनमा राख्न जरुरी छ ।
याे पनि
टिप्पणीहरू: