- असार ०६, २०८०
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खाेल्ने घोषणा गरेका छन् । यसका लागि वार्ता समिति समेत गठन भएको उनले जानकारी दिए ।
सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै ढुंगानाले ‘गरिखान देउ’ अभियानमार्फत दल निर्माणमा सहभागी हुन लागेको बताए । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ ।
तर अहिलेकै स्थितिमा निर्वाचनमा भने भाग नलिने ढुंगानाले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा भएका नेपालीलाई मताधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना बन्नुपर्ने शर्त अघि सारेका छन् ।
ढुंगानाले कात्तिक १ गते एभरेस्ट होटलमा प्रेस मिट गर्ने जानकारी पनि दिए ।
टिप्पणीहरू: