- भदौ ०१, २०८१
काठमाडौं । पूर्व मिस नेपाल एवं अभिनेत्री उषा खड्गीको पारिवारिक विवाद फेरि एक पटक छताछुल्ल भएको छ । उषाले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत एकपछि अर्को स्टाटस लेख्दै आफ्ना गुनासा सार्वजनिक गरेकी छन् ।
पूर्वपतिबाट मानसिक तनाव र हस्तक्षेप भइरहेको आरोप लगाउँदै उनले फेसबुक मार्फत गुहार मागिरहेकी छिन् ।
कानुनी रुपमा सम्बन्ध बिच्छेद भए पनि एउटै घरमा बस्दै आएका छन् । आफ्नोमा पाहुन आउदा जीपीले दुव्र्यवहार गर्ने गरेको उनको दाबी छ ।
२०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा उषा खड्गी र जीपी तिमल्सिना बीच सम्बन्धविच्छेद भएको थियो । त्यसको करिब ६ महिनापछि, अंशबण्डा टुंगो नलाग्दै, जीपी तिमल्सिनाले मंसिर १९ मा सविना अधिकारी सँग दोस्रो विवाह गरेका थिए । अहिले उनीहरु एउटै घरमा छुट्टा छुट्टै फ्ल्याटमा बस्दै आएका छन् । जीपी र उषाले दुई दशक अघि प्रेम विवाह गरेका थिए ।
टिप्पणीहरू: