- भदौ ०२, २०८१
मुम्बई । भोजपुरी नायिका मोनालिसाको पछिल्लो फोटो सुट गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन तस्विर उनले इन्स्टाग्राममा राखेकी थिइन् ।
उनले प्रिन्टेड सर्ट र स्टाइलिस स्कर्ट लगाएकी छिन् । तस्विर शेयर गर्दै लेखेकी छिन् ‘ज्यादा सोच्ने होइन गर्ने हो ।’
हालै मात्रै उनले बा आमाका लागि १९ लाख रुपैयाँ बराबरको कार किनेर उपहार दिएकी थिइन् । उनी अहिले सुपरनेचुरल शो ‘श्मशान चम्पा’ मा मोहिनीको भुमिकामा छिन् । उनको असली नाम अन्तरा विश्वास हो । उनी भोजपुरी फिल्म र सिरियलमा चर्चित मानिन्छिन् ।
टिप्पणीहरू: