- भदौ ०२, २०८१
निर्माता निर्देशक मनोज कुमार अब यो दुनियामा छैनन् । गत ४ अप्रिलमा उनको निधन भयो । उनका नातेदार मनीष गोस्वामीले हालै दिएको एक अन्तरर्वार्ताका क्रममा हिन्दी फिल्म ‘क्रान्ति’ सँग जोडिएको एक किस्सा सुनाए । उनको भनाई अनुसार फिल्मको एक सटका लागि परबीन भाबीले ६६ पटक टेक दिन परेको थियो । फिल्मको सुटिङ राती २ बजेसम्म चल्यो तर, पनि मनोजकुमारले काम रोकेनन् गरिरहे ।
उक्त फिल्मको सुटिङ राजस्थानको जोधपुरमा रहेको एउटा महलमा भइरहेको थियो । फिल्ममा एउटा दृष्य थियो परबीन भावीले ढोकाको छेउमा हाथ उठाएर क्रान्ति जिन्दावाद भन्नु पर्ने । मनोज कुमारले जस्तो सर्ट चाहेका थिए त्यो भएन । पटक पटक भएन भन्दै उनले ६६ टेक लिए । त्यति धेरै रिटेक लिँदा पनि उनी पटक्कै रिसाएनन् ।
विक्की लालवानीलाई दिएको अन्तरर्वार्तामा मनीषले मनोजकुमार कसरी मिष्टर पर्फेक्टनिस्ट भए भन्नेमा पनि खुलेर कुरा गरे । ‘मनोज कुमारले कहिल्यै कुनै चिजमा सम्झौता गरेनन् ।’ उनले भने । यदि कुनै दृष्यका लागि ५० टेक दिन परे पनि उनी राजी हुन्थे ।
टिप्पणीहरू: