आइतबार, २५ जेठ २०८२

हाम्राे ध्यान सरकारतिर छैन: प्रचण्ड (भिडियाे)


चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकारतिर नरहेकाे बताएका छन् । 

आइतबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले आफ्नो ध्यान सरकारतिर नरहे पनि परिस्थितिले त्यतातिर डोर्‍याएकाे बताए ।

‘सरकारतिर हाम्रो ध्यान त्यतिचाहिँ छैन, परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ। तपाईंहरूले देखिराख्नुभएकै छ, चौतर्फी असन्तुष्टि, आक्रोश, आवेश जनतामा बढिराखेको छ। शिक्षकहरू आन्दोलनमा छन्, ११–१२ दिन हुन लागिसक्यो। सबैले समस्या समाधान हुनुपर्छ भनिराखेका छन्। तर सरकारको ध्यान त्यसप्रति संवेदनशीन देखिएको छैन,’ प्रचण्डले भने ।

उनले शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताए । उनले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताए । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ