- भदौ ०२, २०८१
काठमाडौं । आफुले अभिनय गरेका फिल्मको व्यापार लगातार कमजोर भएपछि दिक्क भएकी वर्षा शिवाकोटीका लागि दिपकराज गिरीको छक्का पञ्जा सिरिज करिअरकै महत्वपूर्ण उपलब्धि सावित भएको थियो ।
फिल्मको सफलतासँगै चर्चामा रहेकी वर्ष चलचित्र महाराजधिराजमा पल शाहको जोडी बनेपछि करिअर के हुने हो भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । परिच्छेद सेनको लेखन एवं निर्देशनमा तयार हुने उक्त फिल्ममा वर्षा र पल जोडीका रुपमा प्रस्तुत हुने भएका छन् । पल पछिल्लो समय दर्शकबाट अस्वीकृत हुन थालेका छन् । उनको अभिनय गरेको महत्वकाँक्षी फिल्म ‘मायाबी’ बक्स अफिसमा निकै कमजोर भएको थियो ।
टिप्पणीहरू: