सोमबार, २९ वैशाख २०८२

रौतहटमा स्थानीय जनप्रतिनिधिको मिलेमतोमा एकल महिलाको सम्पत्ति हडप्ने चलखेल


काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-२ नम्बर वडाध्यक्ष दुत्तबहादुर थिङ र वडा नं ४ वडाअध्यक्ष रवि रानामगरले एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलेमताेमा थप पीडा दिएको गुनासो गरिन् ।

रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसीले आफू एकल भएकोले स्थानीय सरकारदेखि अदालतका कर्मचारीसम्मले अन्याय गरेको आरोप लगाइन् । आफ्नो नाममा आइसकेका जमिनहरु पनि अध्यक्षहरुको योजनामा आफूले भोगचलन गर्न नदिएको उनको भनाई छ ।

‘मैले सम्मानित रौतहट जिल्ला अदालतबाट न्याय पाउँदा पनि दुई र चार वडाका अध्यक्षहरु थता अदालत कर्मचारीहरुको मिलेमताेमा फैसला कार्यान्वयन गर्नुको सट्टा घुस मागिरहेका छन्’, उनले भनिन् ।

आफ्नो करोडौंको जग्गा जमिन हडप्न सबै एकजुट भएपछि आफू न्यायको लागि काठमाडौं  आउन बाध्य भएको बताउँदै कसीले भनिन्, “विवाहा गरेको १३ वर्षमै श्रीमान गुमाएँ, १८ वर्षको जेठो छोरो गुमाएँ । अहिले मेरो जीवन दाउमा छ, कान्छो छोरा जोगाउन गाह्रो परेको छ । मेरो अगाडिपछाडि कोही छैन, अब न्याय कसरी पाउने ?’

कतै उपाय नलागेपछि मिडियामार्फत आफ्नो जीवन रक्षा र अदालतबाट फैसला भइसकेको आदेश कार्यान्वयनको लागि गुहार माग्नु परेको केसीले बताइन् ।

चन्द्रपुर नगरपालिका न्यायिक समिति, रौतहट जिल्ला अदालत, २ र ४ नम्बर वडालगायत सम्बन्धित निकायहरुबाट न्याय र बाँच्न पाउने अधिकारको रक्षाको आशा मरिसकेकोले नेपाल सरकार र सर्वाेच्च अदालतलाई पनि उनले ध्यानाकर्षणसमेत गराएकी छन् ।

पत्रकार सम्मेलनमा माओवादी युवा नेता सोनाम घिसिङले आफू सम्बन्धित स्थानमा गएर बुझ्दा स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीहरुको मिलेमताेमा पीडितको सम्पत्ति हडप्ने प्रपञ्च रचेको स्पष्ट देखेको बताए ।

अर्का युवा नेता चन्द्र बहादुर तामाङ(बसन्त)ले पीडितको तर्फबाट प्रेस विज्ञप्ति वाचन गर्दै आफूहरुले रौतहटमा न्याय दिलाउन नसक्ने अवस्था देखिसकेपछि काठमाडौंमा आएर पत्रकार सम्मेलन गरेको बताए ।

घटना के हो ?

रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसी एकल महिला हुन् ।

करिब ४ वर्षपहिले चन्द्रपुर ४ का श्यामसुन्दर काफ्लेका दम्पत्तिले क्यान्टिन व्यवसाय गर्न दिने भनि उनीबाट ८ लाख रुपैयाँ लिएपनि व्यवसाय गर्न नदिएपछि रकम फिर्ता माग्न जाँदा उल्टै ज्यान मार्ने धम्कीसम्म दिएको उनले बताइन ।

सो विषय अदालतमा पुग्यो । रौतहट जिल्ला अदालतले साँवा र ब्याज गरी १२ लाख भराउने एकलौटी फैसला गरेको र सो बराबरको रकम श्यामसुन्दर काफ्लेको छोरा आरुश काफ्लेको नाममा रहेको २ कित्ता जग्गा लिलाम गराउने फैसला गरेको थियो ।

त्यसबापत अदालतकै कर्मचारीले लिलाम सकार्न भनि १२ लाख रकम भर्न लगाएका थिए । सो रकम अन्जुको छोरा राजु जिम्बाको नामबाट अदालतमा १२ लाख जम्मा गराएकी थिइन् । तर रकम भरिसकेपछि अदालतका कर्मचारीहरु तहसिलदार दुर्गा कार्की, प्रकाश सुवेदी, विन्देश्वरी साह तथा वडाध्यक्ष रवि रानामगर र श्यामसुन्दार काफ्ले परिवारको मिलेमताेमा तोकेको र काफ्ले परिवारले जायजाद गरेको कित्ता नम्बरको जग्गा लिलाम नगरी अर्कै जग्गा लिलाम गरे ।

छोरा राजु जिम्बाको नाममा पूर्जा बनाउने आदेशअनुसार मालपोत कार्यालय रौतहटबाट पूर्जा पनि लिइन् । तर जब पूर्जा लिएर जमिन भोगचलन गर्न जाँदा छोराको नाममा आएको जग्गा भेटिएन ।

त्यसपछि उनीहरुले स्थानीय सरकार, अदालत प्रतिनिधि, प्रहरी–प्रशासन र स्थानीयहरुसँग गुहार गरी छलफल गर्दा भोलिपल्ट १० बजे तोकिएकै जग्गा लिन–दिन दुबै पक्षलाई अदालत बोलाइयो । तर काफ्लेपरिवार तथा वडा प्रतिनिधि अदालत आउनुको सट्टा आरुश काफ्लेको जग्गा आरुशकै फूपु दिदीको नाममा पास गर्न लागेका रहेछन्, सो जग्गा अहिले पीडितले रोक्का गरेकी छन् ।

आर्कोतिर चन्द्रपुर वडा नम्बर २ मा पनि अदालतका कर्मचारी र वडाध्यक्ष दुत्त बहादुर थिङको मिलेमतोमा उनको नाममा आइसकेको झण्डै आधा करोडको जग्गा पनि भोगचलन गर्न दिइएको छैन । सोही वडाध्यक्ष थिङकै योजनामा पीडित महिलालाई उल्टै तीनवटा मुद्धा हालेर थप पीडा दिइरहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ