- भदौ ०२, २०८१
मुम्बई । प्यारका पंचनामा, सोनु के तितु की स्वीटी, ड्रिम गर्ल, राम सेतुलगायतका फिल्ममा काम गरेकी नुसरत भरुचा अहिले सफल नायिकाको रुपमा चिनिन्छिन् । अहिले उनीसँग सबथोक छ । तर, कुनै बेला दुःख थियो उनलाई । यति सम्मकि एउटा समय ८ रुपैयाँले एकदिन चलाउथिन् । ‘मलाई यति गा¥हो थियो । भोक लाग्दा पानी पिएर टार्थेँ ।
उनले जुहु स्थित जय हिन्द कलेज पढेकी थिइन् । जति बेला उनको बुबाको आर्थिक स्थिती खराब थियो । उनी भन्छिन ‘कलेज पढ्दा मेरो ९० प्रतिशत दिन दैनिक ८ रुपैयाँले चल्यो ।’ उनको भनाई अनुसार उनी घरबाट २३१ नम्बरको बस चढेर जुहुमा रहेको सान्तक्रुज रेल स्टेशन पुग्थिन् । बसको भाडा थियो ४ रुपैयाँ । त्यसपछि रेल चढ्नु पथ्र्यो । रेलको पास थियो । रेलबाट हिँडेरै कलेज पुग्थिन् । दिन भरी कलेजमै हुन्थिन् । कलेजमा पानी फ्रि भएकाले समस्या भएन । बेलुका फर्किदा त्यहि चार रुपैया भाडा तिर्थिन् ।
अहिले उनकी ९२ वर्षिय हजुरआमा, ७० वर्षका बुबा र ६२ वर्षकी आमा उनीसँगै छन् । घरमा कुनै पनि कुराको अभाव हुन दिन्नन् । जे चाहिन्छ खुसी भएर किन्छिन् ‘कुनै बेला निकै अभाव झेलेकाले अहिले मलाई कुनै पनि सामान किन्दा असाध्यै खुसी भएर किन्छु ।’ उनले भनिन् । यद्यपि उनीसँग त्यति धेरै बैंक ब्यालेन्स छैन । तर, सहज जीवन चलेकोमा खुसी छिन् ।
टिप्पणीहरू: