बुधबार, २४ असार २०८३

यी नायिकालाई निर्माताले भने-फिल्म खेल्ने हाे भने केही सर्त मान्नु पर्छ


मुम्बई । बिग बोस मराठी ६ फेम रेवा कौरासेले कास्टिङ काउचको अनुभव शेयर गरेकी छिन् । एक दक्षिण भारतीय फिल्मको अडिसनको क्रममा निर्माताबाट गलत प्रस्ताव आएको उनले सुनाइन् । 

उनका अनुसार तीन दिनसम्म उनको अडिसन भएको थियो । साइनिङ एमाउन्ट पनि दिए तर, दुई महिनासम्म काम सुरु भएन । जब उनले निर्मातालाई सम्पर्क गरिन् । उनले एउटा गलत प्रस्ताव राखे । केही कुरामा कम्प्रमाइज गर्नुपर्ने ।

जब निर्माताको कुरा सुनिन् । उनले कुनै कम्प्रमाइज नगर्ने भन्दै फिल्म छाडिन् । फिल्म छाडेपछि उनलाई अर्को तनाब भयो । किनकी उनले ठूलो ब्यानरको फिल्ममा काम पाएको विषयमा हल्ला भैसकेको थियो । केही राम्रा व्यानर र निर्माताको फिल्ममा काम गरेकी रेवा केही व्यक्तिको गलत नियतका कारण सिंगो फिल्म उद्योगलाई अभियोग लगाउन नहुने धारणा राख्छिन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ