- भदौ ०२, २०८१
मुम्बई । हिन्दीका अतिरिक्त तमिल र तेलगु भाषामा बनेको फिल्ममा समेत कमल हसनले प्रभाव छाडेका छन् ।
उनको केही फिल्म ब्लकबस्टर साबित भए तर, हिन्दी फिल्मको संख्या थोरै छ । कमल हसन अभिनयका कारण जति चर्चित भए व्यक्तिगत जीवन पनि चर्चाको विषय बन्यो । दुई पटक विवाह गरेका कमल हसनको अफेयरले एक समय भारतीय मिडियामा राम्रै स्थान पाएको थियो । भारतीय मिडियाका अनुसार त उनकी श्रीमतीले एकपटक होटलमा रंगेहात पक्राउ गरेकी थिइन् ।
हिन्दी फिल्ममा कमल हसनले काम गर्न लाग्दा जाँदा चर्चित नायिका रेखा यश चोपडाको फिल्म सिलसिलामा काम गर्दै थिइन् । सोही समय कमल हसन, श्रीदेवी र रेखाले तमिल फिल्म मेन्दम कोकिलामा काम सुरु गरे ।
जब फिल्मको सुटिङ सुरु भयो । रेखा र कमल हसन नजिकिन थाले । उनीहरुको सम्बन्ध घनीभुत हुँदै गएको विषयमा हसनकी श्रीमती वाणी गणपती पनि जानकार थिइन् ।
गणपतीले यो पनि जानकारी पाइन् । उनीहरु सुटिङको समय होटलको एउटै रुममा बसेका छन् । घटना सन १९९७ को हो । चेन्नईमा रहेको चोला शेराटन होटलमा उनीहरु बस्ने गरेको जानकारी बाणीले पाइन् र निगरानी गर्न थालिन् ।
आफ्नो निगरानी मात्रै कामयवी नहुने ठानेर होटलमा काम गर्ने कर्मचारीको सहयोगमा बाणीले उनीहरु बस्ने गरेको रुपम पत्ता लगाइन् । एक साँझ रेखा र हसन रुममा पुगेका मात्रै थिए । वाणी उपस्थित भइन् र दुबैको झाँको झारिन् । सो घटना साँचो हो या झुटो अहिलेसम्म रेखा र कमल हसनले मुख खोलेका छैनन् । तर, अर्को वर्ष अर्थात सन १९९८ मा वाणीले हसनसँग सम्बन्ध बिच्छेद गरिन् ।
टिप्पणीहरू: