शुक्रबार, १९ मंसिर २०८२

साैराहा घुम्न गएकी किशाेरीकाे छतबाट खसेर मृत्यु


चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । उनी  सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ