चितवन। भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ।
महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ।
आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ।
टिप्पणीहरू: