- भदौ ०२, २०८१
मुम्बई । बलिउड नायिका तमन्ना भाटिया तनाबमा छिन् । उनी माथी आर्थिक घोटाला गरेको आरोप लागेको छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा सुरु भएपछि तमन्ना तनाबमा छिन् । यस मामिलामा ईडीले उनीसँग लामो समयदेखि सोधपुछ गरेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार तमन्ना भाटियालाई बिहीबार ईडी गुवाहाटीले ‘एचपीजेड टोकन’ मोबाइल एपसँग सम्बन्धित मनी लाउन्ड्रिङ प्रकरणको अनुसन्धानको सम्बन्धमा सोधपुछ गरेको थियो । यसमा धेरै लगानीकर्तालाई बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सी दिने प्रलोभनमा ठगी गरेको आरोप छ ।
प्रवर्तन निर्देशनालयले ३४ वर्षीया यी नायिकाको क्षेत्रीय कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारण ऐन (पीएमएलए) अन्तर्गत बयान लिइएको जनाएको छ । तमन्नाले एप कम्पनीको एक कार्यक्रममा केहि पैसा लिएको आरोप छ ।
कामको कुरा गर्दा नीरज पाण्डेको ‘सिकन्दर का मुकद्दर’ मा उनी नेटफिल्क्सिमा देखिनेछन् । फिल्ममा पहिलो पटक बलिउड अभिनेता अविनाश तिवारी र तमन्ना भाटियाको जोडी देखिनेछ ।
चलचित्रको बारेमा कुरा गर्दै तमन्नाले भनिन्, ‘यो राम्रोसँग बाहिर आएको छ । वास्तवमा मैले हिजो राती हेरेँ र यसको रिलीजको बारेमा साँच्चै उत्साहित छु ।
टिप्पणीहरू: