शनिबार, २४ असोज २०८३

बिपी राजमार्ग अवरुद्ध


बनेपा (काभ्रे) । रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ । 

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ । राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न  र वैकल्पिक मार्ग प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ