- भदौ ०२, २०८१
काठमाडौं। गायिका सुस्मिता स्याङतानको आवाजमा 'कुलमानलाई फालेर' बोलको गीत सार्वजनिक भएकाे छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो-याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा चर्चा बटुल्दैछ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमयमै विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ ।
गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ ।
सम्पूर्ण टिमले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई एक सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरेका छन्। यस गीतमार्फत अहिलेको नेपालमा इमानदार, निडर र जनमुखी नेतृत्वको खाँचो गहिरो रूपमा उठाइएको छ। दर्शक, श्रोता र देशप्रेमी युवाहरू यो गीतलाई ‘जनताको आवाज’ भन्दै विभिन्न माध्यममा साझा गरिरहेका छन्।
गीत संगीत मार्फत समाजमा भइरहेकाे घटनाक्रमलाई चित्रण गर्नु नेपालकाे पुरानै परम्परा हाे । सरकारले नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई हटाएपछि सरकारले गतल गर्याे भन्ने जनमत बढ्दाे छ । यसै सन्दर्भमा गायिका सुस्मिताले कुलमानरकाे प्रसंसा गर्दै गाएकी हुन् ।
टिप्पणीहरू: