- भदौ ०२, २०८१
काठमाडाैं । गायिका सुनिता दुलाल वैवाहिक जीवनमा प्रवेश गर्ने भएकी छिन् । उनले व्यवसायी राजेश केसीसँग बिहे गर्न लागेकी हुन्।
यही मंसिर १३ गते शनिबार उनीहरूको बिबाह हुने भएको छ। काठमाडौँको मुलपानीस्थित ग्रान्ड नर्लिङ होटल एन्ड रिसाेर्टमा बैबाहिक समारोह राखिएको छ।
दुलाल र केसी केहीवर्षदेखि प्रेम सम्बन्धमा थिए। रुकुम पश्चिम घर स्थायी घर भएका केसी नेविसंघका पूर्व केन्द्रीय सदस्यसमेत हुन्। हाल भने उनी निर्माण व्यवसायमा संलग्न छन् ।
दुलाल लोकदोहोरी क्षेत्रकी स्थापित गायिका हुन् ।
टिप्पणीहरू: