आइतबार, ०७ वैशाख २०८२

शवाना आजमी भन्छिन् – परविनले सुटिङमै पागलपनको संकेत देखाएकी थिइन्


मुम्बई । शवाना आजमी र परवीन भावीले अमर अकबर एन्थनी र ज्वालामुखी जस्ता फिल्ममा काम गरेका थिए । शवानाले पुराना दिनका कुरा सम्झदै भनेकी छिन् परविनको व्यवहारमा सुटिङ स्पटमै बद्लाब देखिएको थियो ।

फिल्मफेयरसँग कुरा गर्दै शबानाले भनेकी छिन् ‘मैले परवीनलाई पागल भएको देखेँ ।’ ज्वालामुखीको सुटिङ भइरहेको थियो । सबै कलाकार सुटिङमा व्यस्त थिए । सेटमा झुमर पनि थियो । परविन एक्कासी चिच्याइन् ‘यो झुमर खस्ने वाला छ ।’ अशान्तिको सेटमा त्यस्तै त्यस्तै पागलपनको साक्षी बनेकी थिइन् शवानी । परवीनले दुई दाना अंगुर खाइन र भनिन् ‘मेरो पेट फुट्न लाग्यो ।’

परवीन भावी प्यारानाइड पर्सनालिटी डिसअर्डरबाट पीडित थिइन् । उनको सन २००५ मा निधन भएको थियो । मृत्युको तीन दिनपछि मात्रै उनको शब भेटिएको थियो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ