शुक्रबार, ०५ वैशाख २०८२

सौगात र बेनिशाको ‘कल्ली’ कात्तिक २१ बाट रिलिज हुने


काठमाडाैं ।   जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को प्रदर्शन मिति तय गरिएको छ । यसको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । तिहारको दुई सातापछि यो फिल्म रिलिजमा आउन लागेको हो । काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म बनेको हो ।

यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ ।

निसाल पौडेलको छायांकन रहेको यो फिल्मको कथावस्तुको विषयमा निर्माणपक्षले केही पनि बताएको छैन । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ