शुक्रबार, ०५ वैशाख २०८२

‘नरसिंहा :अवतार’मा रोमान्टिक देखिइन् सनिषा


काठमाडाैं ।  जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ । सार्वजनिक पोस्टरले फिल्म भित्र राज र सनिषालाई जोडीको रुपमा हेर्न सकिने वुझ्न सकिन्छ ।

‘१२ गाउँ’को व्यापारबाट दंग सनिषा अब ‘नरसिंहाः अवतार’मा  बुलन्द रुपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

फिल्ममा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

फिल्मको फस्टलुक सार्वजनिक भएसँगै चर्चा पाएको यो फिल्मको नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई स्थान दिइएको नयाँ पोस्टर सार्वजनिक भएपछि दर्शकमा उत्साह अझै बढ्ने देखिएको छ । यो पोस्टरले फिल्म एक्सनसँगै रोमान्टिक जनरामा बनेको वुझ्न सकिन्छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ