- भदौ ०२, २०८१
बलिउड नायिका सोमी अलीमाथि हमला भएको छ । सलमान खानकी पूर्व प्रेमिकाको रुपमा चिनिएकी साेमी मानव बेचबिखनको विरुद सक्रिय छन्। पीडितहरुलाई बचाउन खाेज्दा आक्रमण भएकाे प्रतिक्रिया दिएकी छिन् ।
अहिले उपचारकाे क्रममा दिल्लीमा रहेकी सोमीलाई चिकित्सकले निको हुन ६ देखि ८ हप्ता लाग्ने बताएका छन् । उनकाे बायाँ नाडी र हात निकै सुन्निएको र उनी केही समय पूर्ण आराममा रहनु पर्ने चिकित्सकहरुको सुझाब छ ।
१७ वर्षमा आफुमाथि भएको यो नवौं आक्रमण रहेको पनि सोमीले बताएकी छिन् । घटना’बारे उनले भनिन,‘हामी एकै समयमा पीडित र तस्करको पर्खाइमा थियौं। पीडितलाई थाहा थिएन कि उनी सरसफाईको उद्देश्यले राखिएको घरमा जान लागेकी थिइन, यो वास्तवमा तस्करहरूले पीडितहरूलाई लुकाउने ठाउँ थियो ।’
सोमीले भनिन्, ‘दुर्भाग्यवश जब पीडितहरुलाई राखिएको घरतिर जाँदै थिएँ, म आफ्नो कारबाट बाहिर निस्केँ र भित्र नजान्छु भन्नेबारे सोचेको मात्र थिएँ आक्रमण गरे ।’
टिप्पणीहरू: